३ प्रतिशत गरीबी घट्छ : मन्त्री बाँस्कोटा

 

काभ्रे, पुस ४ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्ष्भित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा स् आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई आज बनेपामा सम्बोधन गर्दै उनले १८ प्रतिशतको गरीबी पाँच वर्ष्भित्र १३ प्रतिशतमा झारिने बताए ।

सरकारका प्रवक्ताले भने, “पाँच वर्ष्भित्र गरीबीलाई १५ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।” नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने उनको धारणा थियो ।

मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने दोर्होयाए । “हामी नीति–निर्माणको चरणमा छौँ, नीति पनि कार्यान्वयन गर्न समय लाग्छ, अनि क्रमशः लागू हुँदै जान्छ”, उनले भने ।

भारतसँग १४ सय खर्बको व्यापारघाटा ब्यहोर्दै आइएकामा यस वर्ष पहिलो पटक एक खर्बको निर्यात हुन सफल हुने उनले जिकिर गरे । मन्त्री बाँस्कोटाले गुणस्तरीय शिक्षाभित्र ‘श्रमलाई सम्मान गर्नुपर्छ’ भन्ने चेतना दिन नसकेकामा दुखेसो पोखे ।

उनले भने, “उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नुपर्दछ, जसमा सम्मान प्रमुख विषय हुन्छ ।”

सरकारलाई रोजगारीको अवसर सिर्जना गरेन भनेर आलोचना गर्ने संस्कार बसेकाले गरगहना, प्लम्बिङ, पुनः प्रयोग हुने सामग्री सङ्कलन, मेशिनरी मर्मत, कपडा डिजाइनका काममा नेपाली जनशक्ति लाग्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए । (रासस)