समानुपातिकमा एमालेले २५ लाख कटायो, कुन दलको कति ?

काठमाडौं, मंसिर २८ ।
मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले नेपाली काँग्रेस भन्दा ८५ हजार मत बढी पाएको छ ।
हालसम्म कुन दलले कति मत पाए ? यस्तो छ नतिजा ।
नेकपा एमाले-२५ लाख ६४ हजार ९६
नेपाली कांग्रेस-२४ लाख ७८ हजार ३६५
माओवादी केन्द्र-१० लाख १४ हजार ७३०
संघीय समाजवादी फोरम नेपाल-३ लाख ४५ हजार २८१
राष्ट्रिय जनता पार्टी नेपाल-२ लाख ८७ हजार ६५८
राष्ट्रिय प्रजातन्त्र पार्टी-१ लाख ६८ हजार ५६५
विवेकशील साझा पार्टी-१ लाख ६८ हजार २४८
नयाँ शक्ति पार्टी-६७ हजार ६६७
राप्रपा (प्रजातान्त्रिक)-६२ हजार ३४१