संविधान संशोधन गर्न सहज होस् भनेर सरकारमा बसेको : कानूनमन्त्री यादव

 

काठमाडौं, मंसिर १३ ।

उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मिसन पूरा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारमा बसेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले कानून मन्त्रालयबाट संविधान संशोधनको लक्ष्य पूरा गर्न सहज हुने ठानेर फेरिएको जिम्मेवारी स्वीकार गरेको स्पष्ट पारे ।

प्रदेश तह अधिकार सम्पन्न हुनुपर्ने र स्थानीय तह प्रदेश मातहत हुनुपर्ने भन्दै उनले आफ्ना कतिपय फरक मतहरुलाई यथावत रहेको धारणा राखे ।

न्यायाधीश रिक्त हुनुअघि नै नयाँको नाम सिफारिस गर्ने न्यायपरिषदको कदममाथि पनि मन्त्री यादवको आपत्ति थियो । (ईमेजखबरबाट साभार)