वाम एकता संयोजन समितिको बैठक सुरु

काठमाण्डौं, माघ १८ ।
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा सुरु भएको छ । लामो समयको गृहकार्यपछि एमाले र माओवादीका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक बिहीबार बसेको हो ।
एकीकृत पार्टीको नेतृत्व लगायतको विषयमा कुरा नमिल्दा पार्टी एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेतृत्वको विषयमा कुरा नमिलेकै कारण एकता संयोजन समितिले गठन गर्ने भनिएको सांगठनिक र वैचारिक विषय मिलाउने कार्यदल बन्न सकेको छैन । आजको बैठकले उक्त दुई कार्यदल बनाउने सम्भावना छ ।