प्रदेश ४ मा वडाध्यक्ष बराबर तलव माग्दै वडा सदस्य आन्दोलित

पोखरा, चैत ५ ।
प्रदेश ४ स्थित स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यहरुले वडाध्यक्षकै हेसियतमा तलव सुविधा पाउनुपर्ने माग सहित सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । ७ जिल्लाका स्थानीय तहका सदस्यहरुले सोमबार संयुक्त रुपमा प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले काम गर्न तयार रहेको भन्दै सोही अनुसार तलव सुविधा हुनुपर्ने माग गरे ।
जनप्रतिधिलाई फरक ब्यवहार देखाउन नहुने भन्दै उनीहरुले तत्कालै समान सुविधाको ब्यवस्था मिलाउन आग्रह गरेका हुन् । सदस्यहरुले माग पूरा नभए कडा संघर्ष गर्ने चेतावनी पनि दिएका छन् ।