मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धादिङ, जेठ ६ ।
धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतबार राति मृत्यु भएको छ । धार्के बजारबाट नौबिसेतर्फ जाँदै गरेको बा३५प ९३९१ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका–१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने सवारीको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारीसाधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालनमा आएको थियो । रासस