माछापुच्छ्रेका गाउँगाउँमा काँग्रेसले छर्यो किटनाशक औषधी

पोखरा, चैत २१ ।
नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाले आफ्नो क्षेत्रभित्र कोरोेना भाइरस नियन्त्रण र रोकथामका लागि पूर्व सावधानी स्वरुप किटनाशक औषधी छर्ने काम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको अभियान ९ वटै वडामा पु¥याउने काँग्रेसले जनाएको छ ।

‘शुक्रबार ४ हजार लिटर छरियो । सबै वडामा पुग्दा ९ हजार लिटर जति छर्ने योजना छ,’ गाउँपालिकामा काँग्रेसबाट उपाध्यक्ष उम्मेद्वार टेकनशोभा गुरुङले भनिन्, ‘भिडभाड हुन सक्ने ठाउँमा औषधी छरिएको छ ।’

पहिलो दिन १ देखि ३ नम्बर वडासम्म औषधी छर्ने काम सकिएको छ । औषधी छर्न काँग्रेस गाउँपालिका संयोजक मधुसुधन अधिकारी, गाउँपालिका अध्यक्षका उम्मेदवार खुशीमान गुरुङ, सबै वडाका सभापतिहरु र वडाध्यक्षहरुकाे सहभागीता रहेको वडा नम्बर २ का इकाई सभापति गुञ्जमान गुरुङले जानकारी दिए।