मनकामना केबलकारः खुलेको डेढ घण्टामै एक हजार चढे
पोखरा, मंसिर २८ ।
कोरोना संक्रमणको कारण बन्द भएसंगै ८ महिनापछि खुलेको मनकामना केबलकार आजदेखि सञ्चालनामा आएको छ ।
सञ्चालनामा आएसंगै केबलकारमा यात्रुको भीड बढेको छ । कम्पनीको अनुसार बिहान १० बजेसम्म एक हजार जना यात्रुले केबलकार चढिसकेका छन् ।
साढे ८ बजेबटा सञ्चालनामा आएको केबलकार डेढ घण्टामै १ हजारभन्दा धेरेले यात्रा गरेका हुन् । मास्क अनिवार्य गर्नुका साथै ज्वरो र रुघाखोकीको लक्षण देखिएका मानिसलाई यात्रामा प्रतिबन्ध गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले नगदरहित कारोबारका लागि इ–सेवा, फोन पे र खल्तीबाटै टिकट लिन सकिने व्यवस्था गरेको छ ।