मजदुरको न्यूनतम ज्याला बढाउने योजनाः प्रधानमन्त्री
काठमाडौं, वैशाख १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने योजना रहेको रहेको बताएका छन् । विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै न्युनतम ज्याला बढाउने योजना रहेको जानकारी दिएका हुन् । सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले ध्यान केन्द्रित गर्न थालिसकेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
उनको सन्देशमा लेखिएको छ, ‘सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजान कटिबद्ध छ ।’ नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले र्पुयाएको योगदानप्रति सम्मान प्रकट गर्दै उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा सबैलाई देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।