भक्तपुरमा कांग्रेस करिब २५ सय मतले अघि

भक्तपुर, मंसिर १५ ।
भक्तपुर–१ को प्रदेशसभाको उपचुनावमा नेकपा झण्डै २५ सय मतले पछि परेको छ । बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएका हुन् । भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकाल (डीपी)ले ५ हजार ६३१ मत प्राप्त गरेका छन् । यो परिणाम चाँगुनारायण नगरपालिका–१ देखि ५ वडासम्मको मत गनिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसअघि यस प्रदेशसभाका नेकपाका हरिशरण लामिछाने निर्वा्चित भएका थिए । उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले १ हजार ९५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिएका छन् ।