बेगनासताल डुंगा दुर्घटना–हराईरहेका ५ जनाको शव भेटियाे, मृत्यु हुनेको संख्या ७ !

पोखरा, भदौ २४ ।
पोखराको बेगनासतालमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएका ४ जनाको शव भेटिएको छ । ५ बर्षिय प्राचीन पौडेल, १७ बर्षिया मनिषा बजगाईं, ८ बर्षिय शिव खनाल र ७ बर्षिय शंकर खनाल र ४ बर्षिय रञ्जित गैरेको शव भेटिएको हो ।
दुर्घटनामा परेका रवी खनाल अझै बेपत्ता छन् । कास्की प्रहरीले आईतबार विहानैदेखि खोजी कार्य थालेको थियो । शनिबार दिउँसो भएको दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए । योसँगै दुर्घटनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।