बाढीको गेग्रान खोतल्दा कागबेनीमा भेटियो डेढ करोड

पोखरा, भदौ ३ ।
मुस्ताङको कागबेनी स्थित बाढीले क्षतिग्रस्त संरचना सफाइ गर्ने क्रममा डेढ करोड रुपैयाँ फेला परेको छ । प्रभु र इन्भेष्टमेण्ट बैंकको आइतबार बाढीले बगाएको रकम फेला परेको हो ।
ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले आइतबार प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । यस्तै, इन्भेष्टमेण्ट मेगा बैंकको १ करोड ५ लाख पनि फेला परेको छ ।
लकरमा रहेको रकम जस्ताको त्यस्तै रहेको केसीको भनाई छ । कागवेनी विस्तारै लयमा फर्किँदैछ । अहिले स्थानीय र सुरक्षाकर्मीको सहायतामा सफाई भैरहेको छ ।