बहिनी जिस्काएको निहुँमा छुरा प्रहार गरी साथीको हत्या
धनकुटा, जेठ ५ ।
बहिनी जिस्काएको निहुँमा महालक्ष्मी नगरपालिका–२ का एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
वैशाख पूर्णीमाको अवसरमा स्थानीय साकेला थान ’मन्दिर’मा लागेको उभौली मेलामा रातभर नाचगान र खानपिनसँगै गरेका सन्तोषलाई घनेन्द्रले आफ्नो चेलीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको प्रहरीले जनाएको छ।छुरी प्रहारबाट सन्तोषको आइतबार बिहान ५ बजे घटनास्थलमै मृत्यु भएको हो ।
छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतकको शव पोस्टमार्टमका लागि धनकुटा अस्पतालमा पठाइएको प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले बताए ।