बसको ठक्करले पोखरामा १ जना गम्भीर घाईते, पहिचान खुल्न सकेन

पोखरा, साउन २९ ।
पोखराको चाइनापुलमा बसमा ठोकिएर घाइते हुन पुगेका एक व्यक्ति अझैसम्म अचेत अबस्थामा रहेका छन् । उनको हालसम्म परिचय खुलेको छैन ।
शनिबार साँझ अमरसिंह चोबाट पुथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ६९९२ को बसले उनलाई ठक्कर दिएको थियो । अन्दाजी ५० बर्षका उनको हालसम्म परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनको हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आइसियू) मा उपचार भइरहेको छ । टाउकोमा गहिरो चोट लागेका कारण अवस्था गम्भीर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । ठक्कर दिने बस र चालकलाई कास्की प्रहरीले आफ्ने नियन्त्रमा लिएको छ ।