बलात्कारको आरोपमा पक्राउ परेका श्रेष्ठ ५ लाख धरौटीमा रिहा

पोखरा, बैशाख ४ ।
बलात्कार आरोपमा पक्राउ परेका पोखराका सुन्दरकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । उनलाई कास्की जिल्ला अदालतले बुधबार ५ लाख धरौटीमा रिहा गरेको हो ।

१६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठलाई कास्की प्रहरीले चैत्र १८ गते पक्राउ गरेको थियो । त्यसपछि पटकपटक म्याद थप गरी अनुसन्धान गरिएको थियो । जिल्ला न्यायधीश लालकाजी श्रेष्ठको इजलासले श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

आरोपी श्रेष्ठले आँफुलाई रिसिईवी साँध्ने हिसावले उजुरी गरिएको गुनासो गरे । आफुँले कुनै गल्ती नगरेको भन्दै उनले स्पष्ट छानवीन हुनुपर्ने बताएका छन् ।