फेवातालमा एकैपटक आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो
पोखरा, जेठ २७ ।
पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ । तालमा ३ वटा र नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको पाईलट हरि गिरीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन ।
तालमा खसेका २ वटाको उद्धार भएको र अरु खोजि भैरहेको प्रहरीले जनाएको छ । मानवीय क्षतिबारे खुलेको छैन । प्रहरी खटाएर खोजी भैरहेको कास्की प्रहरी प्रमुख ओम रानाले बताए ।
पोखरामा एक्कासी आएको हावाहुरी सहितको पानीले सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् । आईतबार मात्रै सय भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यसैबीच, तालमा डुंगा पनि पल्टिएको छ । मान्छे सवार नभएका कारण मानवीय क्षति नभएको फेवातालबाट पत्रकार मन गुरुङले जानकारी दिए । उनका अनुसार रेस्क्यु टोली खटिएको छ ।