प्रदेश ४ को नाममा छलफल सुरु (गण्डकी प्रश्ताव गर्ने बढी)

पोखरा, चैत २९ ।
प्रदेशसभाले गठन गरेको नामाकरण तथा राजधानी तोक्नका लागि बनेको सिफारिस समितिले बुधबारदेखि जिल्ला तहमा छलफल चलाएको छ । पहिलो दिन बुधबार जिल्ला समन्वय समितिमा छलफल गरिएको हो । जिल्ला स्थित सबै स्थानीय तहका प्रतिनिधी सहित सरोकारवालाको उपस्थितीमा सम्भावित नामका बारेमा छलफल चलाईएको समितिका सदस्य विन्दुकुमार थापाले जानकार दिए । छलफलका सहभागीहरुले गण्डकी प्रदेश बढी प्रश्ताव गरेका थिए । यसबाहेक गण्डक, तमुवान–मगरात, तमुवान–गण्डक, मुक्तिनाथ, धवलागिरी लगायतका नाम पनि छलफलका क्रममा उठेका थिए ।
छलफलमा सांसदहरु विन्दुकुमार थापा सहित सावित्रा राना, पुष्पा भण्डारी केसी, कोपीला बोहोरा, सरिता गुरुङ, दीपक कोइराला र हरिशरण आचार्य उपस्थित थिए । बैशाख ३ गतेदेखि बाहिरि जिल्लामा पनि सुझाव संकलनको लागि कार्ययोजना तयार भैसकेको सांसद थापाले बताए । प्रदेशसभाकै निर्णयबाट समिति गठन भएर समितिले काम थालेको हो । समितिले सम्भावित नाम संकलन गरी समितिमा छलफल गर्नेछ । त्यसपछि उपयुक्त केही नामहरु सहितको प्रतिबेदन संसदमा प्रश्ताव पेश गर्नेछ । संसदमा छलफलपछि निर्णय हुने संसद सचिवालयले जनाएको छ । ३० दिने कार्यावधी रहेको समितिका लागि १८ दिन सकिईसकेको छ । तोकिएको मितिभित्रै काम सक्ने समितिले जनाएको छ ।