पोखरामा हराएका ४ वटा मोटरसाईकल र एउटा स्कुटर प्रहरीले धनीलाई फिर्ता गर्यो

पोखरा, असार १५ ।
विभिन्न समयमा हराएका मोटरसाईकल, स्कुटर र मोबाईल कास्की प्रहरीले खोजेर धनीको जिम्मा लगाएको छ । अनुसन्धान टोलीले फेला पारेको १० वटा मोवाईल, ४ वटा मोटरसाईकल र एउटा स्कुटर धनीलाई फिर्ता गरिएको हो ।

ग १६ प ८५५९ नम्बरको स्कुटर, ग १० प ४६४८, ग १ प ३०६५, ग ३ प ६५२६, ग ३ प ३०६८ नम्बरको मोटरसाईकल गरी ५ थान धनीलाई हस्तान्तरण गरिएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजन केसीले जानकारी दिए । कास्की प्रहरीले प्रत्येक महिनाको १ र १५ गते हराएका र चोरी भएका सामानहरु धनीलाई फिर्ता गर्ने कार्ययोजना बनाएको छ ।