पोखरामा लागु औषधसहित फेरि दुईजना पक्राउ

पोखरा, असार ४ ।
प्रहरीले लागूऔषध सहित पोखराको लेकसाइड र वगालेटेलबाट दुई जनालाई पक्राउ गरेको छ । पोखरा–६ लेकसाइडको नारेश्वरमा डेरागरी बस्ने रुपेश अधिकारीलाई अवैध लागु औषध व्राउनसुगर सहित पक्राउ गरेको हो ।

अधिकारीलाई प्रहरीले सेतो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा सात ग्राम व्राउनसुगर सहित पक्राउ गरेको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले जनकारी दिएको छ । त्यस्तै पोखरा–८ वगालेटोलबाट ४९ बर्षीय कुमार गुरुङलाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा उनीमाथि शंका लागि खानतलासी गर्दा उनको कालो रंगको झोलावा अबैध लागु औषध बुप्रिनर्फिन ईन्जेक्सन दुई एमएलको १२३ एम्पुल, डाइजापाम ईन्जेक्सन दुई एमएलको १२३ एम्पुल र फेनरागन ईन्जेक्सन दुई एमएलको १२३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।