पोखरामा बाबुलाई श्रीमान र हजुरबुबालाई ससुरा बनाएर बहिनीको जग्गा दिदीले कुम्ल्याईन

पोखरा, मंसिर १७ ।
भन्दा पनि लाजमर्दो जन्मदिने बाबु पनि कतै श्रीमान हुन्छन् ? तर पोखरामा भयो यही । आमाबाबुको सम्पत्ति धुत्नका लागि छोरीले आफ्नै बाबुलाई ससुरा र हजुरबुबालाई ससुरा बनाएकी छिन् ।

पोखराको रामबजारमा बस्दै आएकी दुर्गा कुवँरकी दिदीले बाबु र हजुरबुबालाई नाता परिवर्तन गराएर भएभरको सम्पत्ति हडपेकी हुन् । दुर्गा ४३ बर्षदेखि सोही घरमा बस्दै आएकी थिईन् । उनका बाबु भारतीय रेलवेमा काम गर्थे । त्यहीँबाट कमाएको पैसाले रामबजारमा घरजग्गा जोडे । त्यतिबेला उनकी आमा समुन्द्राले पनि निकै दुख गरिन् घरजग्गा जोड्न ।

उनै समुन्द्राले छोरीहरुलाई राम्रोसँग शिक्षादिक्षा दिईन् । जेठी छोरी रत्नाकुमारी २२ बर्षको हुँदा दुर्गाको जन्म भयो । तर रत्नाकुमारीले जालसाँजी गरेर भएभरको सम्पत्ति आफ्नो नाममा पारिन् र चुपचाप बसिन । रत्नाकुमारीको विहे भयो । तर दुर्गा चाहीँ घरमै आमाबाबुको हेरचाह गरेर बसिन् ।

बा आमाको देहवसान भयो दुर्गाले काजकिरीया गरिन् तर रत्नाले फर्केर पनि हेरिनन् । २०६१ सालमा आएर दिदीले बहिनीलाई यो मेरो सम्पति हो त्यसैले घरबाट निस्कनु भनेपछि दुर्गा छाँगाबाट खसेजस्तो भईन् । धेरै दवाव आएपछि दुर्गा अदालत गईन् तर अदालतले रत्नाकै पक्षमा फैसला सुनायो ।

तर स्थानीयले चाहीँ सम्पत्ति दुर्गाको नाममा हुनुपर्ने अडान सहित आन्दोलन गरिरहेका छन् । उनीहरुले रामबजारमा दिनहूँ धर्ना बस्ने गरेका छन् । ‘दुर्गा कुँवरलाई न्याय दिएर छोड्ने हो । सँधै हामी घरमै पुगेर धर्ना दिन थालेका छौं, रामबजारकी समाजसेवी पवित्रा गुरुङ भन्छिन्–दुर्गालाई अन्याय भएको छ । उनलाई न्याय दिनु हाम्रो दायित्व पनि हो । न्याय नपाउञ्जेल हामी आन्दोलनमा छौं ।’

आफुलाई जन्म दिने बा लाई पति र हजुरबा लाई ससुरा बनाएर सबै जग्गा आफ्नो नाममा पारेको र अदालतले पनि अन्याय गरेको भन्दै पोखरा महानगरपालिका वडा नं. १० र १५ का महिला समुह र समाजसेवीले निर्णय बदर गर्न र दुर्गाको पक्षमा फैसला गर्न दवाव दिईरहेका छन् ।