पोखरामा नयाँ रिसोर्ट, माउण्टेन ग्लोरी सञ्चालनमा
पोखरा, मंसिर २२ ।
पोखरामा माउन्टेन ग्लोरी फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा आएको छ । जंगल रिसोर्टको मज्जा प्रदान गर्ने गरी पोखरा–दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको हो ।
रिसोर्ट निर्माणको पहिलो चरणको काम सम्पन्न भएसँगै पाहुनाका लागि रिसोर्टले एक महिना अगाडिबाट सेवा सुरु गरेको सेल्स एण्ड अपरेसन डाइरेक्टर किरण तुलाधरले जानकारी दिए । ७२ रोपनी जग्गामा रिसोर्ट निर्माण गरिएको छ । रिसोर्टमा ८ जनाको लगानी छ । रिसोर्टमा करिब एक अर्ब रुपैयाँ लगानी भएको लगानीकर्ता मध्यका एक ध्रुवबहादुर थापाले जानकारी दिए ।
६४ वटा कोठाबाट रिसोर्टको सेवा सुरु गरिएको उनले बताए । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालन आएको छ,’ उनले भने, ‘पोखरामा पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न जंगल रिसोर्ट खोल्न सफल भएका छौं ।’
रिसोर्टमा ६ वटा ब्लग र ६ वटा भिल्ला छन् । एउटा प्रेसिडेन्टल रुम र एउटा स्वीट छ । अरु सबै सुपर डिलक्स रुम छन् । पप्र्याप्त पार्किङ तथा स्विमिङ पुल छ । स्विमिङ पुल बारको सुविधा सहित रिसोर्टलाई आकर्षक डिजाइनबाट निर्माण गरिएको छ । जंगलको काखमा अवस्थित रिसोर्टबाट पोखरा तथा माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमाली श्रृङखला लामो रेन्जमा देख्न सकिनेछ ।‘प्रत्येक रुम तथा बाथरुमबाट समेत हिमालयको दृश्यावलोकन गर्न सकिन्छ,’ थापाले भने । सेती नदी र फुस्रे खोलाको संगमस्थल तथा वरपरका हरियाली जंगल तथा पहाडहरुको पनि रिसोर्टबाट दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्ट परिसरमा साइकल ट्रयाक र फुट ट्रयाक पनि निर्माण भएको छ ।
रिसोर्टमा ठूला साना गरी ४ वटा हल छन् । आन्तरिक तथा बाह्य उच्च वर्गका पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा आएको तुलाधरले जानकारी दिए । चालु पोखरा बिमानस्थलबाट ७ किलोमिटर र निर्माणाधीन अन्तर्रा्ष्ट्रिय बिमानस्थलबाट करिब ४ किलोमिटर दुरीमा रिसोर्टस्थल पुग्न सकिन्छ । शान्त तथा पारिवारिक वातावरणमा स्तरीय होटलमा बस्न चाहने पर्यटकलाई सेवा प्रदान गर्न आफूहरु सफल भएको रिसोर्टका अध्यक्ष नरेन्द्र प्रजापतीले बताए ।
सुन्दर प्राकृतिक तथा हरियाली वातावरणमा रिसोर्ट बनेकाले पनि धेरैको आकर्षण बढ्ने उनको विश्वास छ । केही समय पछि रिसोर्टमा लगानी विस्तार गर्ने सञ्चालकहरुको लक्ष्य छ । दोस्रो चरणमा एक सय वटा कोठाबाट रिसोर्ट सञ्चालन हुने बताइएको छ । दोस्रो चरणको काम सम्पन्न हुँदासम्म रिसोर्टमा करिब ५० करोड रुपैयाँ थप लगानी हुने थापाले जानकारी दिए । रिसोर्टमा एनएमबी बैंकले बैंकिङ सहकार्य गरेको छ । रिसोर्टमा करिब एक सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
रिसोर्टले नेपालको स्तरीय पर्यटन प्रवद्र्धनमा टेवा पुगेको थापाले बताए । ‘पोखरा आउने पर्यटकको संख्या बढाउन र बसाइँ अबधी लम्ब्याउन पनि रिसोर्टले योगदान पु¥याउने विश्वास गरेका छौं,’ थापाले भने । विभिन्न प्याकेजमा पर्यटकलाई सेवा उपलब्ध गराउन सुरु गरिएको उनले बताए । ‘पर्यटकीय नगरी पोखरामा स्तरीय रिसोर्टको आवश्यकता महसुस गरी लगानी गरेका हौं,’ उनले भने ।