पोखरामा कौडा खेल्ने १५ जना पक्राउ (नामावली सहित)

पोखरा, असोज २७ ।
पोखरामा कौडा खेल्ने १५ जना पक्राउ परेका छन । पोखरा १८ चालिसे डाँडा स्थित रेष्टुरेण्टमा अवैध रुपमा कौडा खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेमा बैदामका ४४ बर्षिय खिमलाल पहारी, ६० बर्षका विरबहादुर लामिछाने, ४६ बर्षका चीनबहादुर भट्टराई, ५४ बर्षिय शक्ति पराजुली, ३५ बर्षका सनोज पहारी, ४५ बर्षका केदार थापा छन् । यस्तै, सोही ठाउँका ३८ बर्षिय लक्ष्मण कुवँर, ३३ बर्षका लक्ष्मण पहारी, ५१ बर्षिय कविराज पराजुली, ४८ बर्षका ईश्वर श्रेष्ठ, ५८ बर्षिय रामबहादुर थापा, पोखरा १८ सराङकोटका ४६ बर्षिय महेन्द्रबहादुर थापा, भकुण्डेका ५१ बर्षका ध्रुवबहादुर थापा र पोखरा ११ रानीपौवाका ४३ बर्षिय पूर्ण तिमिल्सीना पनि पक्राउ परेका छन् ।

पोखरा ६ खहरेका ४० बर्षिय विमल देवकोटा चाहीँ भाग्ने क्रममा लडेर घाईते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । कौडा खेल्नेहरुलाई पक्राउ गर्ने क्रममा दुईजना प्रहरी समेत घाईते भएका छन् ।

उनीहरुको साथबाट ६ लाख १० हजार नगद र ३२ थान कौडा बरामद भएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई छुटाउन ठूलो दवाव छ । यद्यपी प्रहरीले जुवातास मुद्धामा म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।

file photo