पोखराको फेवातालको बाँधबाट बगेर एकजना बेपत्ता

पोखरा, साउन २६ ।
फेवातालबाट पातालेछाँगो जाने खोलामा बगेर एक युवक ४ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा म्याग्दी जिल्ला मङ्गला गाउँपालिका बरन्जा घर भई हाल पोखरा २९ ठुलोखोर बस्ने वर्ष २४ को विकास भुसाल रहेका छन् ।
उनी चार दिन देखी बेपत्ता भएको पोखरा २९ प्रगतिटोल टोल विकास समितिका कोषाध्यक्ष वीर बहादुर खत्रीले जानकारी दिए । भुसाल साथीहरुसगै फेवाताल बाधँमुनिको खोलामा साउन २३ गते पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो ।
उनलाई करिव एक सय मिटरसम्म खोलाले बगाएको प्रत्यक्ष्यदर्शीले देखेका तर त्यसपछिको अवस्था थाहा नभएको खत्रीले बताए । भुसालको खोजी कार्य भैरहेको परिवारिक स्रोतले बताएको छ ।