पोखराको फुस्रेखोलामा डुवेर फेरी १ जनाको मृत्यु

पोखरा, चैत १० ।
फुस्रे खोलामा डुवेर १ जनाको ज्यान गएको छ । पोखरा १४ सेतिदोभान स्थित फुस्रेखोलामा डुवेर पर्वत जलजला १ बासखर्कका १८ बर्षिय सन्दिप पुनको मृत्यु भएको हो । कामको सिलसिलामा पुन पोखरा आएका थिए । शुक्रबार दिउँसो साथीहरुसँग पौडि खेल्न गएका उनी एक्कासी डुवेका हुन् । आफन्त सम्पर्कमा आएपछि पोष्टमार्टमको लागि शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
फुस्रेखोलामा बर्षेनी धेरैको ज्यान गएको छ । गत बर्ष माघ २० गते काठमाण्डौं बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कुलबाट भ्रमणका क्रममा पोखरा आएका बाँसबारीका १६ बर्षिय पेसल घिमिरेको ज्यान गएको थियो । सचेतनाका लागि प्रहरीले ठाउँठाउँमा चेतावनीमुलक बोर्ड राखेपनि बेखवर रहेका पौडि खेल्नेक्रममा यसरी नै अकालमा ज्यान गुमाउने गरेका छन् ।