पोखरा महानगरको १३ नम्बर वडा नमूना बन्दै

पोखरा, साउन ४ ।
पोखरा वडा नम्बर १३ का जनप्रतिनिधि नमूना वडा बनाउन काम थालेका छन् । वडाध्यक्ष दर्शन लामा सहितको जनप्रतिनिधि नमूना वडा बनाउन जुटेका हुन् । लामाले वडालाई प्रविधिमैत्री बनाउदै जनतालाई सेवा दिन थालेका छन् । उनले वडालाई नमूना बनाउन वडा कार्यालय बाटै काम थालेको बताए ।

वडामा स्मार्ट नागरिक वडापत्र, सीसी क्यामरा जडान, र्कमचारी कक्ष, हेल्थ ल्याव, बगैंचा, प्रविधि मैत्री वडा अध्यक्ष कक्ष, कन्फरेन्स हल निमार्ण गरेका छन् । नमूना वडा बनाउने अभियान करिब ३६ लाखको लागतमा प्रविधि मैत्री बनाएको वडा अध्यक्ष लामाले बताए । उनले पाँच वर्षमा वडालाई नै नमुना वडा बनाउने घोषण गरे ।

सरकारी कार्यालयमा सामान्य फ्लेक्समा लेखेका बडापत्र च्यातिएररमेटिएर बुझ्न नसक्ने हुँदापनि नफेरिरहेको अवस्थामा पोखरा वडा नम्बर १३ ले प्रविधीमैत्री ‘स्मार्ट बडापत्र’ राखेको उनी बताउँछन् । सबैलाई पढ्न सजिलो होस् भनेर डिजिटल बडापत्र राखिएको वडाध्यक्ष लामाले बताए ।

सात रोपानी क्षेत्रफलमा फैलिएको वडा कार्यालयमा रंगरोगन सहित पर्खाल र रेलिङ लगाईएको छ । नव निर्मित भवन र प्रविधीको शुक्रबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । उनले जनतालाई महानगरमा काम गर्न जादाँ के चाहिन्छ भने घर मै बसिबसि मोवाइलमा जानकारी पाउने बताए ।

वडाबाटै नेपाल सरकारले निःशुल्क वितरण गर्ने ३५ प्रकारका औषधी पनि वितरण गरिने वडाध्यक्ष लामाले बताए । हेल्थ ल्यावमा सुगर, प्रेसर, एचआइभी एड्स, मिर्गाैला लगायतका जाँच गरिने उनले जानकारी दिए ।