पुनः निर्माणमा पौने २३ करोड
लमजुङ, असार ५ ।
सदरमुकाम स्थित बेसीशहर नगरपालिकामा भूकम्पपछिको पुनःनिर्माण गर्दा पौने २३ करोड लगानी भएको छ । २०७२ को महानविनाशकारी भुकम्पले पूर्ण क्षति पुगेका संरचना निर्माण गर्दा हालसम्म २२ करोड ६१ लाख रुपैयाँ खर्च भैसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्रका १ हजार २ सय ८६ घरमा क्षति पुगेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १ हजार २ सय ३८ जना लाभग्राहीले पहिलो किस्ता स्वरूप ६ करोड १९ लाख रुपैयाँ लिईसकेका छन् । यस्तै, ८ सय २० लाभग्राहीले दोस्रो किस्ताको १२ करोड ३० लाख रूपैयाँ र ४ सय १२ लाभग्राहीहरूले तेस्रो किस्ता स्वरूप ४ करोड १२ लाख रुपैयाँ पाएको नगरपालिकाले जनाएको छ ।
लमजुङलाई क्षतिका हिसावले दोश्रो सूचीमा राखिएको छ । बेशिसहरमा प्राविधिक परिचालन गरेपछि निजी आवास पुनःनिमार्णका लागि सरकारी सुविधा वितरण गरिएको नगरपालिकाका प्राविधिक ईञ्जिनियर अनोज चिलुवालले बताए । ४ सय १८ लाभग्राहीले पहिलो किस्ता लिएर पनि निर्माण कार्य सुरु गरेका छैनन् । लाभग्राही सूचिमा नाम भएपनि ३० घरधनीले भूकम्पको पुनःनिर्माणका लागि अनुदान सम्झौता समेत नगरेको उनले जानकारी दिए ।
नगरपालिकामा निजी आवास पुनःनिर्माण हेर्नको लागि ६ जनाको दरबन्दी रहेको छ । तर दरबन्दी अनुसार पदपुर्ति नभएका कारण काममा समस्या आईरहेको मेयर गुमानसिंह अर्यालले बताए । ६ मध्ये ३ इञ्जिनियर, १ ओभरसियर र १ सवओभरसियर गरि ५ जना मात्र प्राविधिकले काम गरिरहेका छन् । ब