पितृसत्तासँग लड्न सकिन, राजसंस्थाभन्दा ठूलो रैछः डा. शिवमाया तुम्बाहाङफे

 

काठमाडौं, माघ ६ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पितृसत्तासँग लड्न नसकेको र यो राजसंस्थाभन्दा पनि जटिल रहेको बताएकी छिन् ।

संसद भवन नयाँबानेश्वरमा पदबाट राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले कठोरतापूर्वक गाडिएको पितृसत्ताको जरा उखेल्न सबै एकजुट हुनुपर्ने बताइन् ।

यद्यपि, उनले आफूले लडाई जितेको प्रतिक्रिया दिइन् । तुम्बाहाम्फेले प्रतिनिधि सभाको गरिमा जोगाउन लडाईं लडेको र त्यसमा बाजी मारेको जिकीर गरेकी हुन् ।

प्रतिनिधि सभालाई नेतृत्वविहीन बनाउन नदिने आफ्नो मान्यता एवं प्रतिनिधि सभा र संविधानको इज्जत जोगाउन नेपाल कम्युनिष्ट पार्टीको निर्देशन नमानेको तर्क उनले गरिन् ।

उपसभामुखको पाँच वर्षे कार्यकाल दुई बर्षमै छाड्न बाध्य पारिए पनि आफू खुशी नै रहेको उनले बताइन् । उनले अब देश र जनताका लागि पृथक भूमिकामा रहेर काम गर्ने बताइन् ।
(ईमेजखबरबाट साभार)