नेकपा जिल्लाको निर्णय प्रदेशले उल्ट्यायो, विद्यासँगै प्यासी र राजकाजी पनि उम्मेदवार सिफारिस

पोखरा, कार्तिक १३ ।
गतसाता कास्की २ को उपनिर्वाचनका लागि नेकपाले रवीन्द्रपत्नी विद्या भट्टराईलाई निर्विरोध उम्मेदवारमा सिफारिस गरिदियो । त्योे सिफारिस प्रदेशले चाहीँ उल्ट्याईदिएको छ । २ जना थपेर उम्मेदवार केन्द्रमा सिफारिस गरिएको छ ।

विद्यासँगै प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम पनि थप गरेको हो । कात्तिक ९ गते भएको प्रदेश कमिटी बैठकमा यसबारे वहस भएको थियो । मुख्यमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको जोडबलमा ३ जनाको नाम सिफारिस भएको १ नेताले बताए ।

जिल्लाले सर्वसम्मत नाम सिफारिस गर्दा माथिल्ला निकायलाई सहज हुनुपर्नेमा माथिल्ला निकायले नै नाम थप्नुले प्रदेश पार्टी इन्चार्ज गुरुङको नियतमा शंका उब्जिएको बताए । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्वा्चित भएको कास्की २ सहित देशका विभिन्न स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।