तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खण्डमा विष्फोटक पदार्थ प्रयोग गरी सडक खोल्ने तयारी
म्याग्दी, भदौ २४ ।
तीन दिनदेखि अवरुद्ध बेनी जोमसोम सडक खण्ड आज सांझबाट खुल्ने भएको छ । कालीगण्डकीको कटानले सडकको आधारनै भत्किएकाले भिरमा विस्फोटक पदार्थको प्रयोग गरी नया ट्रयाक निर्माणको काम शुरु भएको र आज सांझ सम्ममा विस्फोट गरी सडक खुलाउने तयारी गरिएको हो । सडक खण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालीगण्डकीको कटानले सडक भासिएपछि तीन दिनदेखि सवारी आवतजावतमा अवरुद्ध भएको हो ।
कालीगण्डकीको कटानले सडकको आधारनै भत्किएकाले भिरमा विस्फोटक पदार्थको प्रयोग गरी नया ट्रयाक निर्माणको काम शुरु भएको र आज सांझ सम्ममा विस्फोट गरी सडक खुलाउने तयारी गरिएको हो । एक्साभेटरले मात्रै ट्रयाक निर्माणमा सम्भव नदेखीएपछि विस्फोटक पदार्थको प्रयोग गरी भिर फुटाउने तयारी गरिएको हो ।
आइतबार विहान देखी अवरुद्ध बनेको सडक मर्मतको काम भइरहेको भएतापनि अफ्ठ्यारो ठाउ भएकाले काम गर्न कठिनाइ भएकाले समय लागेको स्थानिय इन्द्रसिंह पुनले जानकारी दिए । सडक अवरुद्ध हुदा यात्रुहरुले बिच सडकमा सवारी परिवर्तन गर्नुपर्दा मुस्ताङ भ्रमणमा गएका पर्यटकहरुले सास्ती खेप्नुपरेको छ ।