डाक्टर उपेन्द्र देवकोटा–पुर्ख्यौली घरमा सुस्ताए, सिस्नेधाराको पानी पिएर काठमाण्डौं फर्किए (फोटोमा हेर्नुस्)

गोरखा, जेठ २६ ।
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर गोरखा लगिएको छ । उनकै ईच्छाअनुसार चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमार्फत जन्मथलो लगिएको हो ।उनकै ईच्छाअनुसार बोहोरा गाउँ स्थित घरको पिँढिमा राखेर सिस्नेधाराको पानी खुवाईएको छ । पुख्र्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन । डा. देवकोटालाई शनिबार नै काठमाडौं फर्काईएको छ ।‘करिव १ घण्टा घरमा राखिएको थियो । डाक्टरसावको मुहारमा सिस्नेधाराको पानी पिएपछि चमक देखियो, देवकोटाको घरमा पुगेका पत्रकार किरण लोहनी भन्छन्–गाउँ पुगेको महशुस डाक्टरसावले गर्नुभएको छ ।’

रेखदेखमा खटिएका डाक्टर सञ्जय कार्कीले पनि गाउँ पुगेपछि देवकोटामा उत्साहको महशुस भएको बताए । सरमा कन्सियस छ । सिस्नेधाराको पानी भनेर खुवाएपछि वहाँको मुहारमा खुशी थियो, कार्कीलाई उदृत गर्दै पत्रकार लोहनीले भने–गाउँ आईपुगेको छु, धाराको पानी खाएँ, गाउँले जम्मा भएका छन् भन्ने पूरै जानकारी वहाँमा छ ।’

देवकोटालाई अक्सिजन लगाईएको थियो भने आवश्यक सामग्री सहित कर्मचारी र डाक्टर पनि खटाईएको थियो ।

तश्विरः किरण लोहनी/पत्रकार