ट्याक्टरको ठक्करले पोखरामा बालकको मृत्यु

पोखरा, मंसिर १ ।
पोखरामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पोखरा ३२ गढीघाटमा गिटी लोड गरेर फर्किँदै गरेको ग १ त २८२८ नम्बरको ट््याक्टरले ठक्कर दिएर पोखरा ३३ छप्ल्याङका ५ बर्षिय आकाश नेपालीको मृत्यु भएको हो ।
नेपालीको घटनास्थलमै मृत्यु भएको र पोेष्टमार्टमका लागि शव पश्च्मिाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको कास्की प्रहरलिे जनाएको छ । चालक फरार रहेकाले खोजी भैरहेको कास्की प्रहरी प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।
दोषीमाथी कारबाही नहुँदासम्म पोष्टमार्टम गर्न नदिने आफन्तको अडान छ । घटना भित्रभित्रै मिलाउन खोजेको भन्दै कानुनअनुसार कारबाही र क्षतिपुर्तिको माग आफन्तले गरेका छन् ।