चिउरा अड्किएर बालकको ज्यान गयो, लापरवाही गरेको आरोप
विराटनगर, जेठ १७ ।
मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत एक विद्यार्थीको स्वास नलीमा चिउरा अड्किएर मृत्यु भयो । तर बालकका आफन्तले भने समयमै अस्पताल नर्पुयाउनु विद्यालयको लापरवाही मान्छन् ।
मकालु मोरङ स्कुलको कक्षा ३ मा अध्ययनरत ११ वर्षीय बालक आर्यन माझीको मृत्यु भएको हो । घटना मंलगबारको हो । कानेपोखरी– ५ जहदामा हजुरआमासँग बस्दै आएका माझीले दिउँसो टिफिनमा खाजा खाएपछि विरामी परेका थिए । आर्यनले टाउको दुख्यो भन्दै बान्ता गरेपछि शिक्षकले अफिसमा लगेका थिए । त्यहाँ पनि उनले पटकपटक बान्ता गरे ।
नजिकै मेडिकल हलहरु भए पनि शिक्षकले लगेनन्, आफै फ्लेक्जोन खुवाए । औषधी खुवाएर प्रिन्सिपल टेइन्द्रकुमार बास्तोला कक्षा कोठातर्फ लागे । ४० मिटेको कक्षा सिकएपछि अफिस आउँदा आर्यन बेहोस भइसकेका थिए । उनले अस्पताल लैजान एम्बुलेन्स बोलाए । बच्चा विरामी भएको डेढ घण्टापछि साढे ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र्पुयाइयो । एक घण्टाको प्रयासपछि अस्पतालले बालकलाई मृत घोषणा र्गयो ।
११ वर्षिय बालक मावलमा बसेर पढ्दै आएका थिए । उनका बुबा सम्पर्क्बिहीन छन् भने आमा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेकी छन् । मावली हजुरआमासँग बसेर अध्ययन रहेका बालकको स्वास्थ्यमा स्कुलले चासो नदिँदा ज्यान गएको स्थानीय बताउँछन् । ‘बच्चा १ः४० मा विरामी भएको तर, साढे ३ बजे मात्र एम्बुलेन्स बोलाएर अस्पताल लगे’ स्थानीय बालकुमार राई भन्छन्, ‘स्कुलले केयरलस गरे जस्तो लाग्छ ।’
कानेपोखरी गाउँपालिका– ५ का वडा अध्यक्ष चरण गुरुङ विरामी अवस्थामा अफिस आएको बच्चालाई उपचार गर्न लैजान ढिलो गरेको बताउँछन् ।
स्थानीयबासीकाअनुसार अनुसार स्कुलदेखि करिब ६०० मिटर पूर्वतर्फ रमाइलो बजार छ, जहाँ औषधि पसल र चिकित्सकिय सेवा प्रवाह गर्ने मेडिकल हलहरु छन् । बालक विरामी हुँदा मेडिकल हल नलगेर आफैं औषधि दिएर अफिसमा राख्नु गल्ती भएको उनीहरु बताउँछन् । अनलाईनखवर ।