गण्डकीका सांसदले भने–स्थानीय सरकारले जनताको ढाड सेके कर फिर्ता गरियोस्

पोखरा, साउन २१ ।
गण्डकी प्रदेशका सांसदले स्थानीय सरकारले कर बढाएर जनताको ढाड सेक्ने काम भएको भन्दै बृद्धी भएको कर फिर्ता लिनुपर्ने माग राखेका छन् । सोमबार संसद बैठकमा विशेष समयमा बोल्दै काँग्रेस सांसद मेखलाल श्रेष्ठले सरकारले अत्यधिक कर बढाएर जनतालाई दुख दिने काम गरेको गुनासो गरे ।

‘सरकारले करको दायरा बढाउने हो । दर बढाउने होईन, उनले भने–स्थानीय सरकारले जनतालाई जथाभावी थुपरेको कर फिर्ता होस् ।’ उनले उठेका कर पनि जनहितमा लगानी नभएको प्रति गुनासो गरेका छन् । जनता बाटोमा राम्रो सँग हिड्न पाएका छैनन् । शुद्ध पानी पिउन पाएका छैनन्, उनले थपे–सरकारले उठाएको कर कहाँ खर्च भैरहेको छ ?’