कास्कीमा विद्या भट्टराई दोब्बर बढी मतले अगाडी

पोखरा, मंसिर १५ ।
कास्की क्षेत्र नम्बर २ मा नेकपा उमेदवार विद्या भट्टराई दोब्बर बढी मतअन्तरले अघि रहेकी छन् । उनले अहिलेसम्म आठहजार २६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६८२ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका धर्मराज गुरुङले अहिलेसम्म १७२ र साझा पार्टीकी उमेदवार रजनी केसीले ९० मत प्राप्त गरेका छन् । हालसम्म पोखरा २०, २१ र ३३ नम्बर वडाको मतगणना सकिएको छ ।