कास्कीको मादीमा गुडिरहेको एम्बुलेन्समाथी पहिरो, विरामीको मृत्यु

पोखरा, असार १७ ।
कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ आउँदै गरेको ग १ झ ४४८ नम्बरको एम्बुलेन्समाथि पहिरो खसेको हो ।
पहिरोले एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् ।
चालकले भागेर ज्यान जोगाएका थिए । घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।