कांग्रेस महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने

काठमाण्डौं, पुस १२ ।
नेपाली काँग्रेसको महाधिवेशन आउँदो बर्ष फागुन ७ गते हुने भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले १४ औं महाधिवेसन २०७७ फागुन ७ गते गर्ने निर्णय गरेको हो । बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरुले बहिस्कार गरेका थिए ।

बैैठकले पार्टीको केन्द्रीय विभागको संख्या बढाएर २८ बाट बढाएर ४७ पुर्याउने निर्णय गरेको छ । सभापति देउवाले बहुमतका आधारमा निर्णय गराएका हुन् ।

अपरान्ह १ बजेका लागि बोलाइएको बैठक पौडेल पक्षधरले बहिस्कार गरेपछि त्यसको ४ घन्टापछि शुक्रबार साँझ ५ बजे सभापति शेरबहादुर देउवाले बैठक सञ्चालनको अनुमति दिएका थिए ।

उक्त बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी र गगन थापा लगायत पौडेल र सिटौला पक्षधर नेता भने उपस्थित थिएनन् ।