कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, अर्को बैठक आइतबार मात्र बस्ने

 

काठमाडौँ, साउन २२ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

पार्टीको अन्तरिम संरचना निमार्णको विषयमा मस्यौदा गरिएको निर्देशिकाका विषयमा शीर्ष नेताहरुसँग थप छलफल आवश्यक रहेको भन्दै बोलाईएको बैठक स्थगित गरिएको हो ।

पार्टी विधानमा अन्तरिम संरचना निर्वाचनबाट बनाइने उल्लेख भए पनि शीर्ष तहमा सहमति गरी नयाँ निर्देशिका बनाएर अन्तरिम संरचनाको टुंगो गर्ने निर्णय यसअघिको केन्द्रीय समितिले गरेको थियो ।

केन्द्रीय समिमितिमा सो निर्देशिका छलफल हुनुअघि नै शीर्ष तहमा सहमति गर्नुपर्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यससंगै नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार मात्र बस्ने भएको छ ।

कांग्रेस भित्र अहिले पनि अन्तरकालीन संरचना कुन विधिबाट गर्ने भन्ने विषयमा विवाद छ ।(ईमेजखबरबाट साभार)