एकैदिन ३ लाख नगदसहित २५ जुवाडे पोखराबाट पक्राउ

पोखरा ।
पोखराबाट एकैदिन २५ जुवाडे पक्राउ परेका छन् । अबैध जुवातास खेलिरहेका उनीहरुको साथबाट करिब ३ लाख रुपैयाँ बरामद गरिएको छ । पोखरा ३२ तल्लो गगनगौंडा स्थित जंगबहादुर पुनको घरमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ६ हजार रुपैयाँ बरामद गरेको छ भने ८ बुक तास पनि नियन्त्रणमा लिएको छ ।

यस्तै, पोखरा ९ प्रगतीमार्गमा रहेको चन्द्रबहादुर गुरुङको घरमा तास खेलिरहेका थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद १ लाख ६६ हजार र ४ बुक तास बरामद गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका सबैजनालाई जुवा मुद्धामा म्याद थप गरी थप अनुसन्धान थालिएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।