मुस्ताङमा भारी हिमपात (फोटो फिचरसहित)

मुस्ताङ, माघ १२
मुस्ताङमा शुक्रबार यसवर्षकै भारी हिमपात भएको छ । हिमपातकै कारण अहिले मुस्ताङबासीहरुको दैनिक जनजीवन नै प्राभावित भएको हो । ९ बर्ष यताकै यो भारी हिमपात भएको बताइएको छ ।
हिमपात भएपछि सडक तथा हवाई यातायात पूर्ण रुपमा अवरुद्ध छ । सडक र हवाई मार्गभरी नै हिउँ जमेकाले सवारी साधन सञ्चालनमा सतर्कता अपनाएको जिल्ला प्रहरीका कार्यलयका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । हवाई सेवा पनि २४ घण्टाको लागि स्थागित गरिएको मुस्ताङ एकमात्र विमानस्थलका का.वा. प्रमुख विशाल बरुणले बताए ।
पर्यटकीय सौन्दर्यतालाइ हरपल गिज्याइरहने मुस्ताङ हिजोदेखी भने सेताम्य हिउँले गर्दा मनमोहक देखिएको छ । स्थानीयहरु हिउँ खेल्ने गरेको दृश्यले मनलाई नै चन्चल बनाएको देखिन्छ । करिब ९ बर्ष पछि परेको यो भारी हिमपातले मुस्ताङबासिलाइ खुसी बनाएको छ । घासादेखी मार्फासम्म परेको १ फिट र कागबेनी आसपासबाट पर्न सुरु गरेको हिउँ लोमान्थाङ सम्मको करि २–३ फिट सम्म परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । उनले घाँसा हुदै लेते, कालोपानी, लार्जुङ, कोबाङ , टुकुचे, मार्फा, जोमसोम र उपल्लो मुस्ताङ कागबेनी, मुक्तिनाथ हुँदै लोमान्थाङसम्म भारी हिमपात भएको बताए ।
अत्यधिक मात्रामा चिसो भएकोले सुरक्षाको लागी सचेतना अपनाउन जानकारी गराइसकिएको उनले बताए । यस बर्ष मात्रै करिब ५ ?पटकसम्म हिमपात भएपछि चिसो अत्यधिक मात्रामा बढेको छ । हिजो परेको हिउँले त झन् यहाँको जनजीवन नै अस्तव्यस्त भएको छ । यस अवस्थामा सबैजना चिसोबाट बच्नुपर्ने खड्काले बताए । खड्काका अनुसार तल्लो मुस्ताङ भन्दा उपल्लो मुस्ताङको जनजीवन अत्यन्त कष्टकर भएको छ । यस अवस्थामा बढी मात्रा तातो सुपहरु पिउनुपर्ने बताए । चिसोबाट बच्न न्यानो कपडा र जुत्ता लगाउनु उनले सुझाव दिए । शुक्रबार परेको हिमपातले गर्दा सिधा सवारी यातायात अन्तरगतका सडकहरु ठप्प रहेको छ । हिमपातले सडक पुरै हिउँ जमेको छ । सडकमा हिउँ जमेकै कारण दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी गुड्न सकिरहेको छैन, खड्काले बताए।
यसरी पहिलोपटक २–३ फिट्सम्म परेको हिमपातले मुस्ताङ बासिको दैनिकीलाई नै प्रभावित बनाइदिएको छ । घरबाट बाहिर निक्लन समेत समस्या रहेकोले चिसोबाट बच्न सावधानी अपनाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मी ले बताए । घरको सबै जिम्मा लगाएर जाडो छल्न मुस्ताङमा चिसो सुरु नहुदै बेशी झरेकाहरु अब यहि महिनाको अन्तिमबाट मुस्ताङ उक्लने सुरसार गर्दछन ।