मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरुः जनहित माविले थाल्यो भर्ना अभियान

मुस्ताङ, फाल्गुण २ ।
टोप ब. विक  । गत मंसिर अन्तिम देखि बन्द रहेका मुस्ताङका विद्यालयहरु फाल्गुण १ गते देखि पुनः सञ्चालनमा आएका छन् । हिउँद मौसममा चिसो छल्न मुस्ताङका विद्यालयहरु घुम्ति विद्यालयका रुपमा पोखरा लगायत अन्य स्थानमा जाने गर्दछन् ।

कतिपय विद्यालयहरु कक्षा १० बोहकका बार्षिक परीक्षा सकेर हिउँदे विदामा रहेका छन् भने माथिल्लो मुस्ताङका विद्यालयहरु भने पठन–पाठनकै लागि घुम्ति विद्यालयका रुपमा पोखरा झर्ने गर्दछन् । मुस्ताङमा अत्याधिक चिसो र हिमपातले गर्दा जनजीवन कष्टकर हुने हुँदा कक्षा १० को एसईई बाहेक अन्य कक्षाको मंसिरमै वार्षिक परीक्षा सम्पन्न गरी फाल्गुणमा नयाँ शैक्षिक सुरु हुने गर्दछ ।
मुस्ताङमा नयाँ शैक्षिक सत्र सुरु भईसक्दा पनि अधिकाशं विद्यालयहरु भने सञ्चालनमा आउन सकेका छैनन् । माथिल्लो मुस्ताङमा हिमपातका कारण सडक अबरुद्ध हुँदा पनि समस्या भईरहेको छ भने तल्लो भेगमा पनि अधिकांश विद्यालयहरु सञ्चालनमा छैनन् ।
जाडो छल्न र घुम्ति विद्यालयका रुपमा विद्यार्थी तथा शिक्षकहरु पोखरा रहेकाले पनि समयमा मुस्ताङ नआईपुग्दा विद्यालय सञ्चालनमा ढिलाई भएको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार फाल्गुण १ गते देखि नै विद्यालय सञ्चालनमा ल्याउने भन्ने शैक्षिक पात्रो भए पनि विबिध कठिनाईका कारण विद्यालयहरु सञ्चालनमा आउन सकेको छैन ।
जिल्ला सदरमुकाम जोमसोमको जनहित माध्यामकि विद्यालय तथा अन्य विद्यालयहरु सञ्चालनमा आएपनि ५ गते भित्रमा अन्य गाउँपालिकाका सबै विद्यालयहरु पूर्ण रुपमा खुलिसक्ने शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख चपाईले जानकारी दिए । विद्यालय सञ्चालनमा आए पनि १० गते सम्म भर्ना अभियानको क्रममा हुने उनले चपाईकाले बताएका छन् ।

जनहित माविमा भर्ना हुँदै विद्यार्थीहरु

सदरमुकामको जनहित मावि
सदरमुकाम जोमसोममा रहेको जनहित माद्यामिक विद्यालयमा पनि १ गते सञ्चालन भई भर्ना अभियान सुरु भएको प्रधानाध्यापक रामचन्द्र अधिकारीले बताए । शिक्षक तथा विद्याथीहरु समयमा उपस्थित हुन नसकेकाले नियमित रुपमा कक्षा भने सञ्चालन हुन नसकेको उनको भनाई छ । मुस्ताङकै विद्यार्थीले मात्र उल्लेख्य विद्यार्थी संख्या नपुग्ने हुँदा शिक्षकहरु भर्ना अभियानका क्रममा अन्यन्त्र जिल्लामा रहेको अधिकारीले जानकारी दिए ।
प्रधानाध्यापक अधिकारीले १० गतेसम्म भर्ना र १५ गते स्म्म पाठ्यपुस्तक वितरण र निःशुल्क छात्रावास फारम वितरणको काम रहेको बताएका छन् । उक्त विद्यालयमा कुल २४६ विद्यार्थी छन् । यस वर्ष नयाँ भर्ना अभियान अन्तरगत ९० जना विद्यार्थी थप्ने लक्ष्य लिईएको आधिकारीले जानकारी दिए ।
जनहित माविमा औषत प्रावि तहमा ९० प्रतिशत, निमावि तहमा ८५ प्रतिशत र मावि तहको ९ कक्षामा ७० प्रतिशत विद्यार्थी गत शैक्षिक सत्रमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । ९ कक्षामा अन्य विद्यालयबाट विद्यार्थी आउने हुँदा परीक्षफल सन्तोषजनक आउन सकेको छैन ।
जनहित माविले यसै शैक्षिक सत्रबाट कक्षा ६ देखि १० सम्म नै अंग्रेजी माध्यममा पठन–पाठन गराउने प्रधानाध्यापक अधिकारीले बताएका छन् । यसअघि प्रावि तहमा अंग्रेजी माध्यमबाट अध्यापन हुँदै आईहरको थियो । यसका साथै खेलकुद र अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई उल्लेख्य मात्रामा सहभागी गराईने अधिकारीले जानकारी दिए ।
जनहित माविमा यसअघि सातामा एक दिन विद्यार्थीहरु आफ्ना रोजाईका पोशाकमा विद्यालय आउन पाउने भएपनि सो व्यवस्था हटाएर अनिवार्य विद्यालयले तोकेको पोशाकमा आउनु पर्ने विद्यालयले जनाएको छ । भारी मात्रामा हिमपात, विद्यालय बन्द हुँदा विद्यालयमा बाह्य पक्षबाट भएको केही क्षतिको मर्मत भईरहेकाले कक्षाहरु नियमति रुपमा सञ्चालन हुन नसकेको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।