पोखराको हेमजामा आगलागीले घर जल्यो

पोखरा, माघ ४ ।
पोखरा महानगरपालिका २५ हेमजामा बिहीबार राती एक घरमा आगलागी भएको छ । राती ७ बजेतिर आगो लागेको थियो । हेमजाको संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगलागि भएको हो ।

आगलागिबाट घरमा रहेका लत्ता कपडा, अन्न पात लगायत नष्ट भएको छ । स्थानिय बासीले आगोलागि भएको करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए । जाडो भएर आगो ताप्ने क्रममा आगलागि भएको हुन सक्ने स्थानियको भनाइ छ ।