Breaking-५ लाख रुपैयाँ घुस सहित पोखराबाट सहन्यायधिवक्ता पक्राउ

पोखरा, असोज २४ ।
पोखराको सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार विहान पौने ९ बजे कार्यालयबाट घुस रकम सहित पक्राउ परेका हुन् ।

ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए । उनी अख्तियारको नियन्त्रणमा छन् ।