Breaking-सप्तरीमा बस दुर्घटना, ५ जनाको मृत्यु !

सप्तरी, मंसिर ७ ।
सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर हनुमान नगर राजविराज सडक खण्डको इनरुवामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा डाकनेश्वरी ५ की ७० बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, रजककी पत्नी नाम नखुलेको र ठकनी देवी रहेका छन्। बस सडकबाट अनियन्त्रित भई पोखरीमा पसेको थियो ।

दुर्घटनामा परी डेढ दर्जन यात्रु भएका छन्। जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई रिफर गरिएको गजेन्द्र नारायण अस्पतालले जानकारी दिएको छ ।

उक्त बस डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३, ४, ५ बाट तीर्थयात्रु बोकेर विहीवार सुनसरीको चतरास्थित बराह क्षेत्र गएको थियो । ३० जना यात्रु क्षमता रहेको बसमा ६० जना सवार रहेको प्रहरीले जनाएको छ । नागरिक न्यूज