Breaking-पोखरामा गोली चल्यो, थापा घाईते

पोखरा, जेठ २९ ।
पोखरामा लागू औषध कारोबारीमाथी प्रहरीले गोली चलाएको छ । उत्तमचोकमा लागू औषध बोकेर हिडिरहेका जोन भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको हो । उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी आइलागेका थापालाई गाली चलाएको बताईएको छ ।

उनको बायाँ खुट्टामा गोली लागेको छ । घाइते थापालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हतियार खोस्न खोज्दा नदिएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक गणेश सुवेदीको कमाण्डमा गएको टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । थापा कतारमा पनि लागू औषध कारोबारी थिए । उनीमाथी यसअघि नै ज्यानमारा मुद्धामा परेका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

सांकेतिक तस्विर