Breaking-तनहूँमा बोलेरो र मोटरसाईकल ठोकियो, एकजना गम्भीर

तनहूँ, मंसिर २ ।
तनहूँको ब्यास नगरपालिका स्थित छिर्कनेमा बोलेरो जीपले ठक्कर दिँदा मोटरसाईकल चालक गम्भीर घाईते भएका छन् । ना २ च ४३४९ नम्बरको बोलेरो जीपले ग १० प ११४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक रवी माझी गम्भीर घाईते भएका हुन् ।

घाईतेको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार गरिएको छ । अवस्था गम्भीर भएकोले पोखरा पठाउने तयारी भैरहेको तनहूँका ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले जानकारी दिए । यतिबेला तनहूँ प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।