BREAKING-घोडाघोडी नगरपालिकाका विवादित मेयरमाथि गोली प्रहार

काठमाण्डौं, फागुन २८ ।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे ।
उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । र, अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ । थप विवरण आउन बाँकी ।