Breaking-काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशुलीमा खस्यो

पोखरा, साउन ११ ।
काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस त्रिशुलीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटार स्थित त्रिशुलीमा बस खसेको हो । ना ६ ख २५०६ नम्वरको यात्रुबहाक बस शुक्रबार दिउँसो ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठक्कर खाएपछि त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

बसमा कति जना यात्रु छन् भन्नेबारे एकीन नभएको प्रहरीले जनाएको छ । चितवनस्थित स्थानीय प्रशासनका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

बसमा रहेका २५ जना घाइते भएको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।