BREAKING! काँग्रेस उम्मेदवार थापाको घरनजिक प्रेसर कुकर बम

पोखरा, मंसिर १७ ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको संकास्पद बस्तु बम भएको खुलेको छ । संकास्पद बस्तु भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले लामो समय लगाएर डिस्पोज गरेको हो ।
पोखराको नयाँबजार स्थित थापाको घर नजिकै झोलाभित्र प्रेसर कुकर र त्यसमा केही तार जोडिएको अवस्थामा भेटिएको थियो । आईतबार साँझ ८ बजेतिर संकास्पद बस्तु भेटिएको हो ।
घटनामा संलग्नता बारे प्रहरी खोजी जारी राखेको कास्की प्रहरी प्रमुख एसपी असोक सिंहले बताए । यसअघि पनि पोखराको नयाँबजार स्थित एमाले पार्टी कार्यालय नजिक पनि बम फेला परेको थियो ।
चुनाव नजिकिँदै जाँदा कास्की लगाएत देशैभरि बम पड्काउने घटना भैरहेको छ । चुनावलाई भयरहित बनाउन उम्मेदवार विन्दुकुमार थापाले आग्रह गरेका छन् । ‘मतदाताले भयकै अवस्थामा भोट हाल्न जाने अवस्था रहँदैन । उनीहरुलाई भोट हाल्दा सुरक्षित महसुस गर्नुपर्छ, थापाले भने–घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गरियोस् ।’