Breaking-पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु फेला

पोखरा, असार ९ ।
पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु भेटिएको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले नेपाल बन्द घोषणा गरेको पुर्व सन्ध्यामा बजारलाई त्रसित बनाउने गरि शंकास्पद बस्तु राखिएको हो ।
फेवा एग्रिकल्चर प्रालीले सञ्चालन गरेको मण्डीमा मान्छेको भीडभाड भएको बेला बम राखिएको होहल्ला फैलिएको थियो ।
मण्डीको पार्किङ स्थालमा शंकास्पद बस्तु भेटेपछि ब्यापारीले प्रहरीलाई खवर गरेका थिए । निलो रङको पाइपमा घडी जडान गरिएको बस्तु भेटिएको प्रहरीले जनाएको छ ।
टाईम बम हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलमा निकै ठूलो भीड छ भने मण्डीभित्र प्रहरी मात्रै छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा आईसकेको बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।
File Photo