माओवादी नेता महराले दिए सभामुखमा उम्मेद्वारी

काठमाडौं, फागुन २५।
प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् ।

 

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।

महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए । साथै उनले प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलको समर्थन पाउने विश्वास व्यक्त गरे ।